गृहपृष्ठ ∕ समाचार ∕ जिल्ला प्रशासनबाट नागरिकता, राहदानीको काम स्थगित जिल्ला प्रशासनबाट नागरिकता, राहदानीको काम स्थगित Sindhu Khabar साउन २९, २०७७ गते १८:०३ मा प्रकाशित चौतारा । कोभिड १९ फैलन नदिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक नभएका विभिन्न सेवाहरु हाललाई स्थगित गरेको छ । सेवा प्रवाह गर्दा गृह मन्त्रालयबाट जारी गरिएको बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७ अनुरुप कामकाज भइरहे पनि कोभिड १९ को जोखिम भएको कारण हाललाई विभिन्न सेवाहरु स्थगित गरेको हो । साउन ३० (भोलि)बाट अत्यावश्यक नभएका कामहरु स्थगित हुने गरि जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरि यस्तो जानकारी गराइएको छ । कार्यालयका अनुसार भोलिबाट नयाँ नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपी, राहदानी, संस्था दर्ता तथा नविकरण, पत्रपत्रिका दर्तालगायत सेवा बन्द गरिएको हो । तर, कार्यालयले दिने सेवाहरुमा शान्ति सुरक्षा सम्बन्धी, मुद्धा सम्बन्धी र विपद व्यवस्थापन सम्बन्धी सेवाहरु भने चालु हुनेछ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो