Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारबाढीपहिरो पीडितलाई स्वास्थ्य सेवा पाउन सकस

बाढीपहिरो पीडितलाई स्वास्थ्य सेवा पाउन सकस


तातोपानी ।

भोटेकोशी गाउँपालिका दुगुनागढीका सिंगी शेर्पाका भाई एक साता अघि विरामी भए । बाढी तथा पहिरोले सडक कटान गर्दा एम्बुलेन्स गाउँसम्म पुग्न सकेन । उनले बिरामी भाईलाई एक दिनभरि पैदलबाट स्टेचरमा बोकेर अस्पताल पु¥याए ।

‘सडक नहुँदा निकै समस्या भयो, स्वाथ्य सेवा लिन निकै सकस भयो,’ सिंगीले सिन्धुखबरसँग भने, ‘सम्बन्धित निकायले समयमै सडक निर्माणमा ध्यान नदिदाँ गाउँवासी समस्यामा छन् ।’ उनले गाउँमा रहेका अशक्त, बृद्धबृद्धा, सुत्केरीहरुलाई झनै समस्या भएको सुनाए ।
सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित क्षेत्रका विरामीहरु स्वास्थ्य सेवाबाट बन्चित भएका छन् । सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गरेर अस्पताल जान नसक्ने ग्रामीण भेगका कति विरामीहरु उपचार बिनै बस्न बाध्य भएको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन् । उनले धेरै बिरामी निकै कठिनाईका साथ अस्पताल पुग्ने गरेको जानकारी दिए ।

पहिरोले जताततै बाटो भत्किएको छ । अहिले गर्भवतीलाई झन बढी समस्या छ । प्रसुतीको अवस्थामा पुगेका महिलाहरुलाई अस्पताल पुग्नै कठिनाई भएको बिन्दु शेर्पा बताउँछिन् ।
ग्रामीण क्षेत्रका सडकमा क्षति पुगेपछि बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स समेत पुग्न नसक्ने अवस्था छ । जसकारण अधिकांश गर्भवतीहरुले नियमित परिक्षण समेत गराएका छैनन् । गर्भवती अवस्थामा जाँच र औषधि सेवन नगर्दा बच्चा र आमा दुवैलाई असर पर्ने चौतारा अस्पतालका डा. अशोक यादवको भनाई छ ।
निरन्तर बर्षाका कारण आएको बाढी र पहिरोले सडक अबरुद्ध हुँदा भोटेकोशी गाँउपालिका, बाह्रविशे नगरपालिका र पाँचपोखरी गाँउपालिकाका विभिन्न क्षेत्रका बिरामीलाई कठिनाई भएको हो । बिरामीले सहज रुपमा स्वास्थ्य सेवा पाउनका लागि बाटो खुलाउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीयहरु बताउँछन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस