Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाचारजसले पहिरो मुनी शिशु जन्माइन्

जसले पहिरो मुनी शिशु जन्माइन्


बाह्रविसे ।

अविरल वर्षातले जम्बु उताको सडक नै बगाएपछि छटपटइरहेकी सुत्केरीसहित परिवारजन जम्बुमै रोकिए । त्यहाबाट बाह्रबिसे जोड्ने सडक थिएन, एम्बुलेन्स या सवारी आउने सम्भावना रहेन । न त बोकेर लैजाने वातावरण नै भयो ।
भोटेकोशी गाउँपालिका ५ मार्मिङकी २४ वर्षिया सुस्मा तामाङलाई सुत्केरी व्यथा लागेपछि बाह्रविसे ल्याउन खोज्दा सडक कटान भएका कारण परिवार जम्बुकै रोकिन बाध्य बने ।
सुस्माका परिवार आफन्तले जनप्रतिनिधिलाई बारम्बार फोन घुमाइरहे । सुरक्षित सुत्केरीको लागि अस्पतालसम्म लैजाने माध्यम खोजिरहे । तल बाढी उर्लिरहेको छ र माथिबाट पहिरो खसिरहेको छ, जम्बुस्थित सामुदायिक विद्यालयको भवनमा सोमबार बिहान ५ बजे सुत्केरी भइन् ।
बाह्रबिसे बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लैजान स्थानीयलाई गुहारे । त्यतै अड्किएको बोलेरोमा हतारमै गर्भवतीलाई बाह्रबिसे नगर क्षतिग्रस्त जम्बु करिब १६ किलोमिटर दुरी पार गरेर बोलेरोमा जम्बु आइपुग्दा साँझ परिसकेको थियो । खोलाको ढुंगा र सडकको बीचमै पहिरोको जोखिम मोलेर जम्बु आइपुग्दा यहाँको अवस्था देखेपछि उनीहरुलाई काल खोज्न आएझै लागेको महसुस भएको आफन्त बताउँछन् । दाँया एल्मो र बाँया काभ्रे खोलाबीचमा रहेको बस्तीलाई उर्लिएको भोटेकोशीले लगातार कटान गरिरहेको छ । वर्षातले क्षतविक्षत जम्बुको वातावरण देखेर सुत्केरीसहित सबैको सातो गयो ।
भोटेकोशी क्षेत्रको त्याङथलीबाट जम्बुसम्म आइपुग्दा सबैमा डर भरिएको थियो । सडकखण्डैपिच्छै वर्षासँगै झरिरहेको पहिरोले छोपेर बाटोमै परिवारसहित एकै चिहान भइएला भन्ने डरका साथै बाटैमा सुत्केरी बेथाले उपचार नपाइकन मरिएला भन्ने डर भएको सुत्केरी सुस्मा बताउँछिन् ।


‘केही विकल्प नभएपछि दैवलाई पुकारेर रोए, त्रासमै भएपनि सुत्केरी भइयो ।’ उनले भनिन् ।
डरैडरमा रहेकी गर्भवती सुस्मा जम्बु आएपछि झनै कष्ट झेल्नुपरेपछि अन्योलमा परेको सुनाइन् । ‘एकैछिन त बेहोस पनि भएछु, आफन्त र परिवारले फोन गरेको आवाज मात्रै कानमा गुञ्जिरहेको थियो, घण्टापछि आइतबार चार बजेदेखि दुःख सहिरहे, बल्ल सोमबार बिहान ५ बजे छोरी जन्माए,’उनले भनिन् ।
जम्बुस्थित सेतीदेवी पंञ्चकन्या आधारभुत विद्यालयको भवनमा कष्ट झेल्दै छोरीलाई जन्माएकी उनले दैव र आपतमा साथ दिने सबै जम्बुबासीलाई धन्यवाद दिएको जनाइन् ।
बाह्रबिसे नगर गाती जम्बुबाट बाह्रबिसे जोड्ने बाटो माथिबाट ओइरिएको ठाडो खोलाले बगाएर सखाप बनाएको थियो । बाटो नभएपछि सुत्केरी बेथाले च्यापिरहेकी गर्भवती जम्बुमा रोकिएको खबर पाएपछि उद्धारर्थ प्रहरी र स्थानीय युवाबाट अनेक प्रयाश गरिएपनि सडक माध्यम नभएका कारण सफल नभएको बाह्रबिसे नगर जम्बुका युवा अभियन्ता विकेश लामाले बताए । ‘सुत्केरी बेथाले च्यापिरहेको समस्या थाहा पाएलगत्तै उद्धारर्थ अनेक प्रयास ग¥यौ, दुवैतर्फबाट सडक क्षतिग्रस्त भएपछि अन्योलमा पर्न बाध्य बन्यौ,’उनले भने । आइतबार बेलुकीदेखि परिरहेको पानीले बाटो क्षतिग्रस्त पारेको र त्यही सडककै कारण गर्भवतीलाई अस्पतालसम्म व्याउन नसकिएको उनले उदाहरण दिए । ‘धन्न पहिरो र बाढीको जोखिमकै त्रासमा भएपनि विधालयमै सुरक्षित डेलिभरी भएछ, सुत्केरी आमा र छोरी दुवै सुरक्षित भएर घर फर्किसकेका छन्,आवश्यक लत्ताकपडा सहयोग ग¥यौ,’उनले भने । सुत्केरीलाई आवश्यक सहयोगमा कस्सिएका स्थानीय लामा र प्रविन अधिकारीले सुत्केरी यसरी विधालयमा प्रसुति हुनु जोखिमपूर्ण भएको जनाए ।
सडकको समस्या देखिएपछि कोदारी राजमार्गमा सिल्क, गाउँपालिकादेखि सडक डिभिजनको एक्जाभेटरबाट सडक मर्मतसंम्भार भइरहेको छ । बाह्रबिसे नगरको एक र सडक डिभिजनको एक गरी दुई एक्जाभेटरले बाटो सम्याएर सोमबार बाह्रबिसेसम्म सडक जोडिसकेको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस