गृहपृष्ठ ∕ समाचार ∕ ‘अस्पतालकै अनुमतिले दाहसंस्कार गरेका हौं’ पूर्वमन्त्री बस्नेत ‘अस्पतालकै अनुमतिले दाहसंस्कार गरेका हौं’ पूर्वमन्त्री बस्नेत Sindhu Khabar साउन २७, २०७७ गते २३:४० मा प्रकाशित चौैैैैतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले दुवै किड्नीको खराबीले निधन भएको जानकारी गराएपछि मात्र आफ्ना पिताको शवको दाहसस्कार गरिएको बताएका छन् । केही दिन पहिले शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको र अस्पतालले घरमै आराम गर्न पठाएको प्रसंग जोड्दै आज राती पोष्ट गरेको आफ्नो फेसबुक स्ट्याटसमा पूर्वमन्त्री बस्नेतले राजनीतिक कुचेष्टा राखेर गलत सूचना सार्वजनिक भएको बताए । गत २२ गते राती ११।४५ मा मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगन्जमा निधन भएकोमा भोलिपल्ट विहान ७ बजे आफूहरुले शव बुझेको जानकारी उनले गराए । स्ट्याटसमा अगाडि भनिएको छ,‘मत्युको ६ घण्टापछि आउने रिपोर्ट सातापछि आउनु हाम्रो कमजोरी होईन ।’ कोरोना संक्रमणनै थियो भने हामीलाई अघिल्लो दिन नै शव बुझ्न किन भनियो ? बस्नेतले अस्पताललाई प्रश्न गरेका छन् । उपचारमा संलग्न टिमले पिताको निधन हुनासाथ शव निकाल्न भनेको घटना जोड्दै उनले अहिले गलत प्रचार गर्नुलाई अमानवीयताको संज्ञा दिएका छन् । शवलाई बाह्रबिसे ल्याएर दाहसस्कार गरिएको थियो । स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत बाह्रबिसेका ८४ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको घटना सार्वजनिक गरेको छ । अस्पताल स्रोतले कोरोना परीक्षणको रिपोर्ट नआउंदै शव लगेको बताएपछि मृतकको परिवारकातर्फबाट बस्नेतले स्ट्याटसमार्फत घटना विवरण सार्वजनिक गरेका हुन् । कोरोना पुष्टी भएको घटनाले दाहसंस्कारमा गएका नातागोता, आफन्त र शुभचिन्तक पनि अन्यौलमा परेका छन् । बाह्रबिसे नगरपालिकाले नगरको केही वडा र क्षेत्रलाई सिल गरेको सूचना सार्वजनिक गरेको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम