शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारजुगल ५ र सुनकोसी ७ जामुने आजबाट `सिल`

जुगल ५ र सुनकोसी ७ जामुने आजबाट `सिल`


चौतारा । जुगल गाउँपालिका वडा नम्बर ५ र सुनकोसी गाउँपालिका वडा नम्बर ७ आजकै मितिबाट सिल गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नभएसम्मका लागि यी दुई वडा सिल गर्ने निर्णय गरेको हो ।

सो स्थानहरुमा आजबाट मानिसको आवतजावत र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । त्यहाँका पसल तथा व्यवसाय पनि पुर्ण रुपमा बन्द गरिएको छ ।

सुनकोसी गाउँपालिकाको जिरि जाने सडकको उतरतर्फ १ किमि देखि लप्सेखोलासम्म, पश्चिममा १ किमि देखि २ किमिसम्म, पूर्वमा उक्त स्थानको लप्सेखोलासम्म र दक्षिणतर्फ पितामे टोलसम्मको चार किमि भित्र सिल गरिएको छ ।

जुगलमा सल्यानबाट आएका दुई शिक्षकमा कोरोना संक्रमण देखिएको थियो भने सुनकोसीमा जामुने घर भएका ३५ वर्षीय एक प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

शिक्षक र प्रहरीले स्थानीय धेरै जनासँग सम्पर्क, भेटघाट गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट नआउन्जेलसम्म आजकै मितिबाट दुवै ठाउँमा सिल गरिएको हो ।

सुनकोसी गाउँपालिका ७ जामुनेका स्थानीयको कन्ट्याक्ट ट्रेसिङ गरी आज स्वाब संकलन गरिएको छ भने जुगल वडा नम्बर ५ को पनि गर्ने तयारी भैरहेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!