गृहपृष्ठ ∕ समाचार ∕ सुनकोशी जामुनेका एक प्रहरीमा कोरोना देखिएपछि सो क्षेत्र सिल गर्ने तयारी सुनकोशी जामुनेका एक प्रहरीमा कोरोना देखिएपछि सो क्षेत्र सिल गर्ने तयारी सिन्धु खबर साउन २५, २०७७ गते ११:०८ मा प्रकाशित खाडिचौर । सुनकोशी गाउँपालिका ७ घर भएका एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिदैछ । वडा नम्बर ७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको दुई किलो स्थित क्षेत्रीय क्वारेन्टाइन रहेको सिर्जनशीलमा स्वाब संकलन गर्ने काम भैरहेको वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए । ती पुरुष प्रहरी रहेको खुल्न आएको र साउन १६ गते घर आएर १८ गते फर्किएको देखिएको छ । २१ गते बनेपामा स्वाब संकलन गरी गरिएको परिक्षणका उनमा कोरोना पोजेटिभ देखिएको हो । ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनको घर रहेको जामुनेका ४० भन्दा बढी व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलनको काम भइरहेको छ । उनी बनेपाको प्रहरी कार्यालयमा कार्यरत रहेको खुल्न आएको छ । उनको बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएकाको रिपोर्ट नआउन्जेल जामुने क्षेब सिल गर्ने तयारी भएको पनि वडाध्यक्ष तिमल्सिनाले बताए । तर तयसको आधिकारीक निर्णय भने आइसकेको छैन् । क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ मेलम्चीको पानी वितरणका लागि यस्तो योजना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै