आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारमेलम्ची पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुप्रति पूर्व मन्त्री बस्नेतद्धारा दुख व्यक्त

मेलम्ची पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुप्रति पूर्व मन्त्री बस्नेतद्धारा दुख व्यक्त


मेलम्ची । पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले मेलम्ची घटनाको अवलोकन गर्दै घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवारलाई धैर्य भएर बस्न आग्रह गरेका छन् ।

घटना भएको थाहा पाउनासाथ मेलम्ची पुगेका बस्नेतले पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन् ।

इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर पूर्व मन्त्री बस्नेत मेलम्ची पुगेका हुन् । आइतबार राति आएको पहिरोले पुरिएर दुई भारतीय र ६ नेपाली वीरगन्ज० गरी मेलम्चीमा मजदुरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जीवितै उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

पत्रकार कृष्ण कडेंलले घटनामा मृत्यु भएकाहरूका प्रति परिवारलाई २० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । कामदारले पसलमा तिर्ने २० हजार कडेलले सम्बन्धित व्यत्तिलाई दिएका थिए ।

नेता बस्नेतले यस अघिपनि जिल्लामा घटेका हरेक घटनाहरूमा स्वंम उपस्थित हुँदै सहयोग गर्दै आएका छन् । त्यस्तै पाँच पोखरीमा पनि गएको पहिरोमा परि मृत्यु भएका दम्पती लाई कडेलले २० हजार सहयोग गरेका छन्


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!