बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारमेलम्ची पहिरोमा पुरिएका आठ जनाकै शव भेटियो, बरुवामा पनि दम्पतीको मृत्यु

मेलम्ची पहिरोमा पुरिएका आठ जनाकै शव भेटियो, बरुवामा पनि दम्पतीको मृत्यु


सिन्धुपाल्चोक ।
मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ ।  मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाह लाई सुरक्षाकर्मीको टोलीले जिवित उद्वार गरेको थियो ।
उनको प्राथमिक स्वास्थ्य चौकी बाह्रबिसेमा उपचार भइरहेको छ । उनको थप उपचारका लागि काठमाडौं हेलिकप्टेरमा पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । पहिरोले भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ का बिक्रम थिंग, २३ का मानबहादुर रूम्बा, २० का सिमन घ्लान, २१ का शिबबालक धामी र १७ का सोनम लामा सुतेका थिए ।
 यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!