अनलाइन शिक्षा गर्न चौताराका उपप्राध्यापकलाई तालिम

चौतारा ।
चौतारा बहुमुखी क्याम्पसका उप प्राध्यापकहरुलाई अनलाईन शिक्षण गर्न माईक्रोसफ्ट टिमद्वारा १ दिने प्रशिक्षण दिएको छ । कोभिड १९ का कारण गत चैत ६ गतेदेखि प्राध्यापन बन्द भएको अवस्थामा त्रिभुवन विस्व विद्यालयका सुचना प्रविधि डा. वेदप्रसाद ढकाल र डा. पुर्ण वहादुर कणेलले १ दिने तालिमको सहजिकरण गरेका हुन् ।
तालित पश्चात अब साउन १८ बाट सबै संकायको कक्षा चौतारा वहुमुखी क्याम्पसले विद्यार्थीलाई अनलाईनद्वारा प्राध्यापन सुरु गर्ने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले जानकारी दिए ।
क्याम्पसले ईन्टरनेटको पहुच भएका विद्यार्थिहरुलाई विभिन्न स्थानमा सानो समुहमा भेला गरी अनलाईन कक्षा सुरु गर्ने योजना बनाएको प्रमुख दंगालले बताए । ईन्टरनेटको पहँुचमा यदि कोहि विद्यार्थी नभएको पाईएमा के गर्न सकिन्छ भन्ने विकल्पबारे पनि क्याम्पसले छलफल सुरु गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस