गृहपृष्ठ ∕ समाचार ∕ माक्स बाँड्दै दोलखाका सिडियो पौडेल, माक्स नलगाउनेलाई कारबाही गर्ने माक्स बाँड्दै दोलखाका सिडियो पौडेल, माक्स नलगाउनेलाई कारबाही गर्ने Sindhu Khabar साउन १६, २०७७ गते १६:०२ मा प्रकाशित दोलखा । कोरोनाको संक्रमण बढ्दै गएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेलको नेतृत्वमा दोलखाका नागरिकहरुलाई माक्स बितरण गरिएको हो । सदरमुकाम चरिकोटको ब्यस्त बजारलाई लक्षित गरि जनचेतना फैलाउने उदेश्यका साथ प्रजिअ पौडेलको अगुवाईमा माक्स बितरण गरिएको हो । माक्स बितरण गर्दै प्रजिअ पौडेलले नागरिकहरुलाई सक्रमण कम हुन नागरिकहरु नै सचेत हुने पर्ने बताउँदै माक्स लगायर हिँडडुल गर्न र सामाजिक दुरि कायम गर्न अपिल गरे । माक्स बितरणमा जिल्ला स्वास्थ्य कार्यलय दोलखाका प्रमुख, सुरक्षा निकायका प्रमुख र अन्य जनप्रतिनिहिरुको पनि उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यलय दोलखाले सचेतना फैलाउने कार्यक्रम गरिसकेपछि पनि नागरिकहरुले माक्स नलगाई हिँडडुल गरे आईतबारबाट सरकारले तोके अनुशारको कारबाहि गरि जरिवाना असुल्ने बताएको छ । प्रमुख जिलला अधिकारी पौडेलले सडकमा आफै उपस्थििति जनाएर तपाईले किन माक्स नलगाउनु भएको माक्स लगाउनुस भन्दै पाँच सय भन्दा माथि माक्स बितरण गरेका छन् । सर्बसाधरण नागरिकहरुले माक्स लगाउनै पर्ने गृह मन्त्रालयको निर्देशनलाई पुर्ण रुपमा कार्यन्वयन गराउन प्रजिअ पौडेलले सरोकारवालाहरुलाई समेत साथमा राखेर निशुल्क माक्स बितरण गरेका हुन् । फोटो ः मोटरसाईकलमा आएका सर्बसाधरणलाई माक्स लगाउन अनुरोध गर्दै माक्स बितरण गर्दै प्रजिअ पौडेल । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै