गृहपृष्ठ ∕ समाचार ∕ पहिरो र बाढीपीडितलाई राप्रपाको सहयोग पहिरो र बाढीपीडितलाई राप्रपाको सहयोग Sindhu Khabar साउन १६, २०७७ गते ११:४८ मा प्रकाशित चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाका बाढी तथा पहिरो पीडितलाई विभिन्न सहयोग गरेको छ । विस्थापितहरुका लागि खाद्यान्न, पोशाकका साथै मृतक तथा वेपत्ता परिवारलाई नगद सहयोग गरेको हो । पूर्व सभासद एवं राप्रपा केन्द्रीय सदस्य रमेश लामा, केन्द्रीय सदस्य समिन ढुंगाना, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीले बाह्रविसे, भोटेकोशी र जुगलका पीडितहरुलाई सहयोग गरेका हुन् । बाह्रविसे र भोटेकाशीका एक सय २६ परिवार र जुगल गाउँपालिकाका ६० परिवारलाई विभिन्न खाद्यँन्न् सहयोग गरिएको जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । बाढी तथा पहिरोबाट बेपत्ता तथा मृत्यु भएका परिवारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ । २८ वेपत्तत्रा तथा मृतकका परिवारलाई सहयोग गरिएको हो । साथै ७५ महिलालाई कुर्ता सलवारसमेत वितरण गरिएको छ । खाद्यान्नमा चामल, नुन, तेल, मस्यौरालगायत अति आवश्यक सामग्री सहयोग गरिएको पूर्व सभासद् रमेश लामाले बताए । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे