Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारचिनियाँ ताल फुट्ने सम्भावना कायमै, तटीय क्षेत्रमा स्वचालित पूर्व सूचना प्रणाली जडान गर्ने तयारी

चिनियाँ ताल फुट्ने सम्भावना कायमै, तटीय क्षेत्रमा स्वचालित पूर्व सूचना प्रणाली जडान गर्ने तयारी


चौतारा । भोटेकोशी नदी किनारका बासिन्दालाई सतर्क गराउन स्वचालित पूर्व सूचना प्रणाली जडान गर्न पहल गरिने भएको छ । बुधबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी चीनका विभिन्न ठाउँमा लगातार पानी आइरहेको र त्यहाँका तालहरु फुटी नेपालको तल्ला तटीय क्षेत्र भोटेकोशी, सुनकोसी किनारका बासिन्दालाई क्षति पुग्ने भएकाले विपद न्यूनिकरण गर्न स्वचालित पूर्वसूचना प्रणली स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । उक्त सूचना प्रणाली जडानका लागि चीनसँग कुटनितिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । चिनियाँ अधिकारीले ताल फुट्नासाथ जानकारी दिन्छु भनेतापनि ताल कुन समयमा फुट्छ भन्ने ठेगान नभएको भन्दै मध्यराति फुटेमा जनतालाई सुसुचित गराउन कठिनाई हुने हुँदा स्वचालित पूर्व सूचना प्रणाली जडान गर्न सके त्यसले जोखिम न्युनिकरण गर्न सजिलो हुने प्रजिअ ढकालले बताए । चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका केरुङ लेकलगायत विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको भन्दै भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन पनि प्रजिअ ढकालले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!