Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारफुल्पिङकट्टी पहिराेमा बेपत्तामध्ये एककाे शव फेला

फुल्पिङकट्टी पहिराेमा बेपत्तामध्ये एककाे शव फेला


बाह्रबिसे । भाेटेकाशी गाउँपालिकाकाे फुल्पिङकट्टी पहिराेमा बेपता दुईजना मध्ये एकजनाकाे शव भेटिएकाे छ । पहिराेमा परि हराईरहेकी ४८ वर्षीया सेमसाङ शेर्पाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

खाेज तथा उद्दार जारी राखेकाेमा आज उनकाे शव भेटिएको हाे । पहिराेमा परि वर्ष ४८ कि साेमवुटी शेर्पा हराइरहेकी छिन् । उनकाे खाेजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

साउन १ गते फुल्पिङकट्टीमा पहिराे जादा पाँच जना पुरिएका थिए । तीनजनाकाे शव साेही दिन भेटिएपनि बाँकी दुई जना बेपता रहेका थिए । बाँकी दुईमध्ये एककाे शव आज भेटिएको हाे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस