शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिपूर्व  गृहराज्य मन्त्री विष्णुविक्रम कांग्रेसमा प्रवेश

पूर्व  गृहराज्य मन्त्री विष्णुविक्रम कांग्रेसमा प्रवेश


काठमाण्डौं ।

राप्रपा परित्याग गरि पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापा कांग्रेस प्रवेश गरेका छन् । शनिबार राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा एवं पूर्व मन्त्री सुनिलबहादुर थापासँगै उनी कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले कांगेसमा स्वागत गराएका हुन् ।
राप्रपामा लोकतन्त्रिक चरित्र र धार सकिएकाले त्यहाँ बसिरहन उपयुक्त नभएको भन्दै थापा कांग्रेसमा प्रवेश गरेका हुन् । लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर पार्टी प्रवेश गरेको थापाले बताएका छन् ।
विष्णुविक्रम उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य विष्णुविक्रम थापासमेत हुन् । उनलाई सिन्ध्ुपाल्चोकमा प्रभावशाली नेताका रुपमा लिइन्छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!