गृहपृष्ठ ∕ समाचार ∕ खुकुरी प्रहार गर्ने पक्राउ खुकुरी प्रहार गर्ने पक्राउ Sindhu Khabar साउन १४, २०७७ गते १२:४५ मा प्रकाशित मेलम्ची । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए । खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । त्यस्तै आइतबार आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पक्राउ परेका थिए । मेलम्ची–१२ थाक्लेका ५७ वर्षीय नवराज तामाङले आफ्नै छोरा २८ वर्षीय पूर्णबहादुरलाई खुकुरी प्रहार गरेका हुन् । घरायसी विवाद भएको र खुकुरी प्रहार गर्दा पूर्णबहादुरको टाउको, घुँडा, पैतालालगायत भागमा काटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तमाङले जानकारी दिए । गम्भीर घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए । घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबु नवराजलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुपाल्चोकमा पेश गरेको छ । अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । घाइतेको अवस्था खतरामुक्त रहेको पनि उनले बताए । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा