आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारगृह मन्त्रालयले गर्ने कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ए ग्रेडमा

गृह मन्त्रालयले गर्ने कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ए ग्रेडमा


चौतारा ।
गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा पर्न सफल भएको छ । ६ मुख्य क्षेत्रलाई आधार मानेर एक सय भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट भित्र पर्न सफल भएको हो ।

गएको आर्थिक वर्ष २०७६/७७ मा सचिव र प्रमुृख जिल्ला अधिकारी बीचको कार्यसम्पादन का साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्यांकनको आधार हो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुसासन र सेवा प्रवाह, सामुहिक सुधारको वातावरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरि ग्रेड छुट्टाइन्छ । अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!