सिन्धुपाल्चोकमा अब मास्क नलगाई हिडेमा जरिवाना

चौतारा ।
सिन्धुपाल्चोकका गाउँ तथा बजार क्षेत्रमा मास्कनलगाई हिडेमा अब गरिवाना तिर्नुपर्ने भएको छ । चौतारा लगायतका बजारमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि यस्तो निर्णय गरिएको हो ।
सचेत गराउँदा समेत यस्ता क्रियाकलाप पुन दोहोरिएमा सोमबारबाट संक्रामक रोग ऐन २०२० बमोजिक जरिवाना वा कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पछिल्लो समय लक डाउन सकिएपछि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाईजर प्रयोग गर्ने आदि कार्यमा ब्यवसायी, कार्यालय, संघ सस्थाले समेत सचेतता नअपनाएको गुनासो वढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस