शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचार‘मेरो लकडाउन डायरी’ निबन्ध प्रतियोगिताको उत्कृष्ट १०लाई छात्रवृत्ति, कार्की र विष्ट अब्बल

‘मेरो लकडाउन डायरी’ निबन्ध प्रतियोगिताको उत्कृष्ट १०लाई छात्रवृत्ति, कार्की र विष्ट अब्बल


चौतारा ।
एसइईको तयारी गरेर बसेका सिन्धुपाल्चोकका विद्यार्थीहरुबीच भएको निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । सिन्धुपाल्चोकका सबै विद्यालयका १० कक्षा उतीर्ण गरेका विद्यार्थीहरुले भाग लिएको यस प्रतियोगितामा साँगाचोकस्थित भीमसेन माविकी सुभेच्छा कार्की प्रथम भएकी छिन् । अन्य ४६ प्रतिष्पर्धीलाई उछिल्दै पहिलो भनेकी कार्कीले नगद पुरस्कारसहित हेल्प छात्रवृत्ति पाएकी छन् ।

हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प) ले विधार्थीको सृजनशीलतालाई थप निखारता दिन आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रगति अंग्रेजी माध्यमिक विद्यालयकी स्मृति विष्ट दोस्रो भइन् । उनले पनि नगद सहित हेल्प छात्रवृत्ति पाइन् ।
उत्कृष्ट १० भित्र भीमसेन माविका राजेन्द्र श्रेष्ठ, इन्द्रेश्वरी माविका बोलभक्त श्रेष्ठ, थाङपालधाप माविकी सलिना खनाल, इन्द्रेश्वरी माविका करण श्रेष्ठ, कालिका चेतना माविकी अनिशा लामिछाने, भूमेश्वरी माविक्री अन्जली जोशी, भोटेनाम्लाङ माविकी सीतामाया तामाङ र शारदा माविकी रुविना श्रेष्ठ रहेका छन् । हेल्पका कार्यकारी निर्देशक जिम्मी लामाअनुसार यी उत्कृष्ट १० जनालाई हेल्प छात्रवृत्ति प्रदान गरिनेछ ।
एसइई दिन सेन्टरमा पुग्दा एसइई नहुनु, सरकारले आन्तरिक परीक्षाबाटै एसइईको मुल्याकंन गरेर नतिजा निकाल्ने निर्णय गर्नु, कोरोनाले जनजीवन अस्तव्यस्त हुनु, शैक्षिक कार्यक्रम बन्द हुनु र लामो लकडाउन हुनुले विद्यार्थीका मनमा अनेक सवाल हुनसक्ने भन्दै उनीहरुको मनमा लागेका कुराहरुबारे मौलिक रुपमा आफ्ना भावना व्यक्त गर्न सकुन भन्ने हुेतुले निबन्ध प्रतियोगिताको आयोजना गरेको लामाले बताए ।
निबन्ध बन्दाबन्दीमा आफ्नो जीवन र अनुभव, एसइई पछिको आफ्नो योजना र बन्दाबन्दीको असर र यस बन्दाबन्दीको दौरानमा आफुमा पाएको परिवर्तन जस्ता विषयमा लेख्न अनु्रोध गरिएको थियो । उत्कृष्ट पाँच निबन्धलाई जुम अन्तर्वातामा बोलाइएको लामाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!