गृहपृष्ठ ∕ समाचार ∕ खाद्यान्न अभावको चपेटामा बाढीपहिरो पीडित खाद्यान्न अभावको चपेटामा बाढीपहिरो पीडित Sindhu Khabar साउन १०, २०७७ गते १२:४२ मा प्रकाशित तातोपानी । भोटेकोशी बाढी तथा ठाउँठाउँमा गएको पहिरोले सडक अबरुद्ध हुदा बाढीपहिरो पीडितहरु खाद्यान्न अभावको चपेटामा परेका छन् । बाह्रविसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदिले सडक कटान गरेकै कारण सवारी नचल्दा पीडितहरुले खाद्यँन्न अभाव भोग्नुपरेको हो । गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रविसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी मारमा छन् । सडकले बाह्रविसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौ पैदल हिड्नुपर्ने बाध्यता रहेको स्थानीय रोशन श्रेष्ठ बताउँछन् । जगेडा अन्न नभएका घर परिवारमा के खाउको अवस्था पुगिसकेको छ । बाह्रविशे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउपालिकाका ५ वटै वडा खाद्यान्न अभाव भएको स्थानीयवासी बताउछन् । स्थानीयका अनुसार अहिले सडक निर्माणमा सम्बन्धित निकायले तदारुकता देखाएको छैन । लिस्तीका स्थानीय समाजसेवी अर्जुन सापकोटाले सरकारले चाहेमा एक सातामै सडक लिपिङसँग जोड्न सक्ने बताए । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएपछि जिल्ला प्रशासन कार्यालयले भोटेकोशी गाउपालिकासंग समन्वय गरेर हेलिकोप्टरबाट तत्काललाई खाद्यान्न समस्या नहोस् भनेर केही दिनका लागि खाद्यान्न लगेको छ । छिमेकी मुलुक चीनसंगको साझेदारीमा ४० मेट्किटन खाद्यन्न बाढीपिडितको लागि आउने प्रमुख जिल्ला अधिकारीको भनाई छ । ‘चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुखबरसँग भने, ‘बाह्रविसेबाट सामग्री लैजान समस्या भएकाले चीनसँग सहायता मागिएको हो ।’ जिल्ला प्रशासनका अनुसार बिच बिचमा सडक भासिनुका साथै पहिरोका कारण तत्कालै छिमेकी मुलुक चीनबाट खाद्यन्न ल्याउन समस्या भएको छ । धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीय, पानी धेरै परेर बाटो भत्केपछि खाद्यान्न ढुवानीमा असहज हुदाँ पीडितहरु प्रशासन र स्थानीय सरकारको भर पर्नुपरेको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे