Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाचार‘लापरवाही गरे मेलम्ची पानीले कुनै दिन सरकार ढाल्छ’–पूर्व मन्त्री तामाङ (भिडियोसहित)

‘लापरवाही गरे मेलम्ची पानीले कुनै दिन सरकार ढाल्छ’–पूर्व मन्त्री तामाङ (भिडियोसहित)


चौतारा ।
पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले मेलम्चीको पानीले कुनै दिन सरकार ढाल्न सक्ने बताएका छन् । सिन्धु खबरसँग कुरा गर्दै उनले काठमाण्डौं पानी लैजाने सुरुङमा लापरवाही गरे मेलम्ची पानीकै कारण सरकार ढल्न सक्ने आँकलन गरेका हुन् ।
काठमाण्डौंमा पानी लैजानका लागि गरिएको परीक्षणमा मेलम्ची सुरुङमा दुर्घटना भएको थियो । मेलम्चीको १७ नं.को गेट फुटेर पानी यतै फर्कंदा दुई जना बगाएको थियो । ‘फेरि यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘सुरुङमा राम्रा प्राविधिकले अध्ययन गरेर मात्रै पानी हाल्नुपर्छ ।’
मेलम्चीको पानी काठमाण्डौं पठाएपछि काठमाण्डौंवासी यही पानीमा निर्भर रहने उनको तर्क छ । पानी पठाएको दुई वर्ष या पाँच वर्षमा अस्ती भएको जस्तै दुर्घटना भएमा काठमाण्डौं काकाकुल हुने उनले बताए । ‘कुनै दिन फेरि सुरुङ फुटेमा या कुनै प्राविधिक गढबढीले दुर्घटना भएमा काठमाण्डौंमा पानी जाँदैन,’ उनी भन्छन्, ‘काठमाण्डौं काकाकुल हुन्छ, जनताले सरकारको आलोचना गर्छन, सरकारमाथि जनता खनिन्छन्, अनि सरकार ढल्नेछ ।’
उनले मेलम्चीको दुर्घटना कसैले जिम्मा नलिएको आरोप लगाए । निर्माणमा लापरवाही भएको उनको भनाई छ । उनले अहिले फुटेको अम्बाथानको सुरुङ पहिला अर्कै स्थानमा डिपीआर गरिएको खुलाए । ‘पहिला हेलम्बुको नाकोतेबाट सुरुङ बनाइने डिपीआर गरिएको थियो,’ उनले भने, ‘पछि अम्बाथानबाट खनियो, अहिले त्यही इआइए बाट काम भइरहेको छ ।’




क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस