गृहपृष्ठ ∕ समाचार ∕ गरिब, जेहेन्दार विद्यार्थीलाई भोटेकोशीले एक लाखसम्मको छात्रवृत्ति दिने गरिब, जेहेन्दार विद्यार्थीलाई भोटेकोशीले एक लाखसम्मको छात्रवृत्ति दिने Sindhu Khabar साउन ७, २०७७ गते १७:४० मा प्रकाशित फुल्पिङकट्टी । भोटेकोशी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख रुपैयाँ सम्मको छात्रवृत्ति अनुदान दिने भएको छ । सातौं गाउँसभाबाट स्वीकृत कार्यक्रम अन्तर्गत भोटेकोशीले स्वास्थ्य शिक्षा अध्ययन गर्नेका लागि यो छात्रवृत्ति अनुदान दिन लागेको हो । अहेब, अनमी, १८ महिने जेटीए र १८ महिने भेटेरीनरी पढ्नेहरुका लागि यो सुविधा दिइने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनकाअनुसार गाउँपालिकाभित्रका विद्यालयबाट एसइइ या एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई यो सुविधा दिइने छ । गाउँपालिकाले आवश्यक कागजात लिएर निवेदन दिनका लागि विद्यार्थीहरुमा आव्हान गरेको छ । नेपाली नागरिकताको प्रतिलिपी, चार वटा पासपोर्ट साइजको फोटो, एसइइ या एसएलसी उत्तीर्णको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रसहित निवेदन दिन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे