गृहपृष्ठ ∕ समाचार ∕ ‘शेरबहादुरले वीपी अध्ययन केन्द्र बनाउन सांसद विकास कोषको पैसा दिएका हुन्’ : सभापति लामा ‘शेरबहादुरले वीपी अध्ययन केन्द्र बनाउन सांसद विकास कोषको पैसा दिएका हुन्’ : सभापति लामा सिन्धु खबर साउन ७, २०७७ गते १७:०८ मा प्रकाशित चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले नेपाली काँग्रेसको पार्टी कार्यालय भवन बनाउन नभई वीपी अध्ययन केन्द्र बनाउन सांसद कोषबाट पैसा लिएको बताएका छन् । सिन्धु खबरसँग कुरा गर्दै उनले सांसद शेर बहादुर तामाङले वीपी अध्ययन केन्द्र एउटा सामाजिक संस्था भएको र सोही भवन निर्माणका लागि पैसा हालिदिएको बताएका हुन् । आफूले आफ्नो घर बनाउन नभई पार्टी कार्यलय बनाउन सहयोग लिएको बताउँदैं सभापति लामाले सहयोगका लागि शेरबहादुर तामाङलाई धन्यवाद दिर्नुपर्ने बताए । सांसद तामाङले केही सहयोग गर्नु छ भने भन्नुस भनेकाले भवन निर्माणका लागि आफूले सहयोग गरिदिन आग्रह गरेको बताए । उनले आगामी दिनमा अन्य फरक पार्टीका अन्य नेताले सहयोग दिए पनि आफूले लिने बताए । उनले हिजो मनमोहनलाई पनि नेपाली काँग्रेसले पैसा दिएको सम्झदैं लामाले वीपी जस्तो महान व्यक्तिको नाममा सांसद शेरबहादुरले सहयोग दिएको स्पष्ट पारे । नेकपाबाट पार्टी कार्यालय भवन निर्माण गर्न पैसा लिएको भन्दै काँग्रेसकै एक खेमाले विरोध गरेका छन् त भन्ने प्रश्नमा नेता लामाले नबुझेर मात्रै यस्तो विरोध आएको बताए । आफूले पार्टीको संस्था बनाउन र पार्टी बनाउनकालागि सहयोग लिएको पनि उनले स्पष्ट पारे । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो