गृहपृष्ठ ∕ राजनीति ∕ विपीको सिद्धान्तमा हिड्न कांग्रेसको अपिल विपीको सिद्धान्तमा हिड्न कांग्रेसको अपिल Sindhu Khabar साउन ६, २०७७ गते २३:१८ मा प्रकाशित चौतारा । नेपाली काँग्रेसका संस्थापक अध्यक्ष वि पी कोइरालाको ३८ औ स्मृति दिवस मंंगलबार चाैतारामा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ। यस अवसरमा नेपाली कांग्रेस आबद्ध नेता तथा कार्याकर्ताहरुले वीपीले देखाएको सिद्धान्तको बाटोमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। पाटीभित्रका सक्रिय कार्याकर्तालाई गुट उपगुट बनाउन तर्फ नभइ साच्ची कै परीवर्तन गर्न सक्ने क्षमता भएका युवालाइ प्रशिक्षणका माध्यमबाट अगाडी ल्याउनुपर्नेमा पाटी सभापति विकास लामाले जाेड दिए । सभापति लामाले कोरोना भाइरस र प्रकृतिक विपतीको यस घडीमा जनताको दुखमा पाटीले सक्दो सहयोग गर्नुपर्ने समेत बताए । इन्द्रावाती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङले समसामयीक वर्तमान राजनितीका अवस्थाका बारेमा जानकारी गराए । उनले जिल्लामा नेपाली कांग्रेसलाई सक्रिय बनाउन आवश्यक रहेको बताए । गुट उपगुट पक्षमा लागेर पाटीलाई विपक्षी समक्ष कमजोर नबनाउन पनि उनले सबैलाई आग्रह गरे । गुट उपगुटको अन्त्य गरि कांग्रेसलाई अगाडी बढाएर जानुपर्नेमा अध्यक्ष तामाङले जाेड दिए । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे