Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारकुती नजिकैको ताल फुट्ने सक्ने, सुनकोसी र भोटेकोसी किनारका वासिन्दलाई सचेत रहन स्थानीय प्रशासनको आब्हान

कुती नजिकैको ताल फुट्ने सक्ने, सुनकोसी र भोटेकोसी किनारका वासिन्दलाई सचेत रहन स्थानीय प्रशासनको आब्हान


सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि स्थानीय प्रशासनले सुनकोसी र भोटेकोसी किनारका वासिन्दालाई रातको समयमा सचेत रहन आग्रह गरेको छ । तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ ।

उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमि पार गर्नुपर्छ । कराइ आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो । नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई आज खबर गरेको छ ।

तातोपानी स्थित मितेरी पुलमापारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ । यस अघि बसेका सर्वसाधारणलाई भने सिगात्सेमा बसोबास गराइसकेको छ ।

ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लोभाग सुनकोसी, भोटेकोसी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराइका जिल्लामासमेत पर्ने छ । तर त्यहाँबाट पानीको बहाव तल आउन्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतंकित नभइ सचेत रहन मात्र आब्हान गरेका छौं, ढकालले भने । यसको सूचना प्रबाह गर्न र आवश्यक रणनीति बनाउन अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायको वैठक बसिरहेको छ ।

ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होईन, प्रजिअ ढकालले भने, ‘सीमाका चिनियाँलाइसमेत खासा लगेकाले खतरा देखियो ।’ उनले स्थानीय तहमा खबर पठाइसकिएको जानकारी दिए । विगतमा वर्षहरुमा पनि यस्ता सूचना प्राप्त हुने गरेको प्रहरीको भनाई छ ।

यसैबीच बाह्रबिसे नगरपालिकाले पनि माइकिङ गरेर सावधानी अपनाउन सूचित गरेको छ । नगपालिकाका मेयर निमफुन्जो शेर्पाले भोटेकोसी किनारका वासिन्दलाई सचेत रहन आब्हान गरेको जानकारी दिए । ‘मलाइ त फुट्ला नै जस्तो लाग्दैन,’ शेर्पाले भने, ‘तर पनि हामी सचेत छौं ।’


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!