गृहपृष्ठ ∕ समाचार ∕ मेलम्चीको पानी काठमाडौं आयो भनेर हल्ला गर्ने मन्त्री मगर कर्मचारीको ज्यान जाँदासम्म किन चुपः प्रदेश सभा सदस्य लामा मेलम्चीको पानी काठमाडौं आयो भनेर हल्ला गर्ने मन्त्री मगर कर्मचारीको ज्यान जाँदासम्म किन चुपः प्रदेश सभा सदस्य लामा सिन्धु खबर साउन ५, २०७७ गते ११:२० मा प्रकाशित काठमाडौं । बाग्मती प्रदेश सभा सदस्य निमा लामाले विना तयारी र सुरक्षा विना सुरुङमा पानी पठाउनुले मेलम्ची खानेपानीमा दुर्घटना भएको बताएका छन् । काठमाडौंमा पानी ल्याउन भन्दै काम कम हल्ला ज्यादाको नतिजा मेलम्ची घटना भएको उनले बताएका छन् । प्रदेश सभामा बोल्दै लामाले स्थानीय जनप्रतिनिधि र स्थानीय जनतालाई समेत थाहा नदिई हतार हतार सुरुङमा पानी हालेर हल्ला गर्ने खानेपानी मन्त्री विना मगर ड्युटीमा कार्यरत कर्मचारीको मृत्यु र बेपत्ता हुँदा समेत केही नबोली मौन बस्नु आश्चर्यजनक भएको बताएका छन् । राष्ट्रिय गौरवको आयोजनामा भएको यो घटनानमा प्रधानमन्त्री केपी ओलीको पनि ध्यान जानुपर्ने भन्दै लामाले प्रधानमन्त्री भारतीय अभिनेता अभिताभ बच्चनलाई कोरोना संक्रमण पछि स्वास्थ्यलाभको कामना गर्छन् तर मेलम्ची घटनामा मृत्यु भएका र बेपत्ता भएकाहरु बारे केही नबोल्नुले उनको राष्ट्रवादी छवि छर्लङ्ग भएको बताए । लामाले बौद्धधर्मको पवित्र भूमिमा काटमार निषेध गरेको जानकारी हुँदाहुँदै आयोजनाले सुरुङमा पानी हाल्नुपूर्व बोका काटेर बलि दिएकोले यो घटनाप्रति पनि आफ्नो ध्यानाकर्षण भएको बताए । रामको बखान गरेर नथाक्ने र जन्मस्थान खोजेर हिड्ने प्रधानमन्त्री ओलीलाई हेलम्बु तपोभूमिमा काटमार गर्न हुन्न भन्ने सम्म थाहा नहुनु दुखद भएको उनको भनाइ छ । मेलम्ची घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको माग गर्दै उनले बाढीपहिरोमा विस्थापितहरुको उद्धार, राहत र व्यवस्थापनमा लाग्न सरकारसँग माग गरेका छन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?