शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमेलम्चीको खनालबस्ती पहिरोको उच्च जोखिममा

मेलम्चीको खनालबस्ती पहिरोको उच्च जोखिममा


मेलम्ची । मेलम्ची नगरपालिका-४ थकनी अमलेको खनाल बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले एक घर पुरेपछि बाँकी घर पनि जोखिममा परेको हो । खनाल बस्तीमा १८ घरपरिवार छन् । माथिबाट पहिरोको जोखिम र जमिन भासिन थालेपछि खनाल बस्ती त्रासमा बसेको छ । रात रात भरि पानी आउँदा कहिले के हुने हो स्थानीयवासीहरु त्रसित छन् ।

गएरातिको पहिरोले अमलेका माधब राज खनालको घर पुरिएको छ । १२ घरमा पहिरोले पुर्ण रूपमा क्षति पुर्‍याएको र उक्त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पीडित दिपेश खनालले जानकारी दिए । खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सर सामान, लत्ताकपडा सबै नोक्सान भएको छ ।

पहिरो पीडित हरुको स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङ्गमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेको र उनिहरुको वैकल्पिक बासस्थानको लागि छलफल भैरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए । पीडितले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएतापनि सुरक्षित स्थान नभएकाले पीडितहरु त्यही बस्न बाध्य छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!