मेलम्चीमा श्रीमानले श्रीमतीको टाउको छिनाले

मेलम्ची । मेलम्चीमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । मेलम्ची नगरपालिका-१३ छापभन्ज्याङमा ७७ वर्षका भैरव तामाङले आफ्नै श्रीमती वर्ष ८० की बुद्धीमायाँ तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
गएराति १२.३० बजे भैरवले आफ्नै घरमा श्रीमतीमाथि खुकुरी प्रहार गरी दुई टुक्रा पारेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोली खटि जाँदा श्रीमतीको शरिर घरभित्र रहेको र टाउको घरबाहिर सयमिटरको दुरीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । श्रीमान भैरवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस