Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुलीमा सुनकोशीले बगाउँदै गरेको ७ वटा शव देखियो, जम्बुको बेपत्ता हुनसक्ने

सिन्धुलीमा सुनकोशीले बगाउँदै गरेको ७ वटा शव देखियो, जम्बुको बेपत्ता हुनसक्ने


चौतारा । सुनकोशी नदि करिडोर अन्तर्गत सिन्धुलीको खुर्काेटमा खोलाले बगाउँदै गरेको ७ वटा शव देखिएको छ । प्रहरीले सो शव सिन्धुपाल्चोकमा २५ असारमा गएको बाढीबाट बेपत्ता भएकाहरुको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
सिन्धुपाल्चोकदेखि सिन्धुलीसम्म यो अवधिमा जम्बु बाढी बाहेकका व्यक्ति बेपत्ता भएको आधिकारिक नभएकाले ती बगेका शव जम्बुको हुन सक्ने अनुमान गरिएको हो । ठूलो भेलमा उर्लिरहेको सुनकोशीमा स्थानीयले शव देखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवव्रसाद काफ्लेले जानकारी दिए । खोला ठूलो भएकाले स्थानीयले शव देखेपनि निकाल्न नसकेको उनले बताए । उनका अनुसार अव भेट्न भने सकिएको छैन ।
स्थानीयले शव देखेको प्रहरीमाझ खबर पुर्याएपछि  सुनकोशी करिडोरका सबै जिल्लामा प्रहरीले शवको खोजी कार्यमा तीव्रता बढाएको छ । डिएसपी काफ्लेकाअनुसार सुनकोशी नदि भएर बग्ने सिन्धुली, सिरहा, सप्तरीमा वेपत्ताको खोजी कार्य भइरहेको छ ।
गएको २५ गते भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका तीन स्थानमा खहरे उर्लिदा घर भत्केपछि तीनको मृत्यु भएको थियो भने २० बेपत्ता थिए । गएराति पनि भोटेकोशी गाउँपालिकामा पहिरोले २ घर बगाउँदा एकै घरका २ को मृत्यु र तीन बेपत्ता छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस