गृहपृष्ठ ∕ समाचार ∕ प्लम्ब ढलानले बाढीबाट बच्यो बाह्रबिसे बजार प्लम्ब ढलानले बाढीबाट बच्यो बाह्रबिसे बजार सिन्धु खबर साउन १, २०७७ गते ११:३७ मा प्रकाशित बाह्रबिसे । बाह्बिसे नगरपालिका ४ पूरानो बजारमा निमार्ण गरिएको प्लम्ब ढलानले बाह्रबिसे बजारका साँढे दुई सय बढी घर रहेको बस्ती संरक्षण गरेको छ । प्लम्ब ढलानले केही दिन अघि भोटेकोशी नदीमा आएको भीषण बाढी बस्तीमा पस्नबाट जोगिएको छ । स्थानीय समाजसेवी बिक्रम श्रेष्ठका अनुसार उक्त प्लम्ब ढलान नभईदिएको भए बाढीले बाह्रबिसे बजारको पूरानो बस्तीका साथै माथिल्लो बजार समेत बगाउने खतरा थियो । तर प्लम्ब ढलानले सबै बजार संरक्षण गरेको उनले जानकारी दिएका छन् । बागमती प्रदेशका उद्योग, वन तथा पर्यटन मंत्री अरुण नेपालले २५ लाख बजेट विनियोजन गरिदिएपछि पूरानो बजारको जम्बुटोलमा प्लम्ब ढलान निमार्ण भएको छ । उक्त बजेट ल्याउन बाह्रबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाको महत्वपूर्ण भूमिका रहेको बिक्रम श्रेष्ठले बताएका छन् । त्यस्तै गत बर्ष प्रतिनिधि सभा १ का सांसद तथा सभामुख अग्नि प्रसाद सापकोटाले पनि बस्ती संरक्षण गर्नका लागि ५० लाख बजेट उपलब्ध गराएका थिए । उक्त बजेटले पूरानो बजारमा आरसिसी ढलान भएको थियो । सो आरसिसी ढलान निमार्णले बाढी बस्तीमा पस्नबाट जोगाएको थियो । प्लम्बवाल र आरसिसी ढलान निमार्णले बजार क्षति हुनबाट बचेको पूरानो बजार प्लम्बवाल निमार्ण उपभोक्ता समितिका अध्यक्ष नवीन श्रेष्ठले बताएका छन् । साथै उक्त निमार्ण कार्यले नदीले बगाएको बाटो निमार्ण भएको, बाटोघाटो बढेको उनले जानकारी दिएका छन् । पूरानो बजारमा नदीले तानेको बस्तीलाई प्लम्बवाल र आरसिसी ढलानले सुरक्षित गरेपछि स्थानीय खुशी भएका छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम