कांग्रेस केन्द्रीय सदस्य बस्नेतले बाढी पहिरो पीडितको घर बनाउन पहल गर्ने

बाह्रविसे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका आएको बाढी पहिरोबाट घर भत्किएकाहरुको घर बनाउन पहल गरिदिने भएका छन् । असार २५ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुले सुरक्षित जग्गा खोजेको अवस्थामा घर बनाउन कांग्रेस केन्द्रीय सदस्य बस्नेतले समन्वय गररे घर निर्माण गर्न पहल गर्ने भएका हुन् ।
विस्थापित र घरबारविहीन भएकाहरुको वडा कार्यालयले तथ्यांक संकलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले सिन्धुखबरलाई बताए । बाढीपीडितलाई सहयोग गर्ने क्रममा उनले यस्तो उद्घोष गरेका हुन् ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार ताताोपानी ड्राइपोटमा अस्थायी रुपमा बसिरहेका छन् । नेपाली कांग्रेसबाट ५ हजार प्रति परिवार वितरण गरिएको छ । घाइते र मृतक परिवारलाई समेत गरि ५ लाख रुपैयाँ वितरण गरिएको बस्नेतले जानकारी दिए । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेता इन्द्र बाँनियासहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । नेता बस्नेतको समन्वयमा संसदीय दलले सहयोग गरेको कांग्रेस नेता युधिर पौड्यालले बताए ।
तातोपानी क्षेत्रमा बाढी पीडित लाई बाहिर बाट राहत लिएर जान अफ्ट्यारो थियो । यो अफ्ट्यारो को बाबजुद केही राहत उपलब्ध गराइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस