Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारचौताराले गर्यो भोटेकोशी र बाह्रविसेलाई सहयोग

चौताराले गर्यो भोटेकोशी र बाह्रविसेलाई सहयोग


बाह्रविसे ।
भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको बिभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानबिय र भौतिक क्षति भएको दुखद घडिमा पिडितहरुका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । चौताराले भोटेकोशी गाउँपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाख रुपैयाँ सहयोग गरेको हो ।
५ लाख सहयोग रकमको छुट्टाछुट्टै चेक बुधबार एक भेटघाट कार्यक्रम मार्फत हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा मेलम्ची नगरपालिका ले पनि बाह्रबिसे नगरपालिका लाई रु ३ लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त कायक्रम सङ्गै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो। स्थलगत अनुगमनका क्रममा प्रभावितहरुलाई यथासक्य छिटो सहयोग उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचना छिटो भन्दा छिटो निर्माण गराउन आवस्यक सहजीकरण गरिने सबैले प्रतिबद्धता ब्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस