Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारबाह्रबिसे क्षेत्र हिम र हिमनदीबाट बनेको संरचना हो यो निकै कमजोर छ’ (बाढी वितण्डाको भिडियोसहित)

बाह्रबिसे क्षेत्र हिम र हिमनदीबाट बनेको संरचना हो यो निकै कमजोर छ’ (बाढी वितण्डाको भिडियोसहित)


बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रको भूभाग हिमनदीबाट बनेको ठाउँ हुनाले यो निकै कमजोर भएको भूगोलविद्ले बताएका छन् । परापूर्वकालमा यहाँको भुबनोट हिउँ र हिउँनदीबाट भएकाले यो निकै कमजोर संरचनाले निर्मााण भएको प्राध्यापक डा. नरेन्द्रराज खनालले बताए ।

हिउँबाट बनेका संरचनाहरु सजिलै खोलाले खोतल्ने हुनाले बाढी र पहिरोले सजिलै लान सक्दछ । सिन्धुखबरसँग कुरा गर्दै उनले स्थानीय सरकारले तुरुन्तै भूउपयोगी नक्सा र भूउपयोगी नीति बनाएर लागू गर्नुपर्ने बताए । कहाँ घर बनाउने, कहाँ खेती गर्ने, कहाँ सडक बनाउने अब योजना मुताविक हुनुपर्छ उनले भने जताततै निर्माण गरेका संरचनाले विपति मात्रै निम्त्याउँछ ।

स्थानीय नागरिकलाई नै सक्रिय बनाएर यस्ता नीतिहरु लागू गर्न नसकिए बर्षेनी हुने प्रकोपले धनजन गुमाउनु पर्ने पक्का छ । हेरौं बुल्कोटे र जम्बुमा पहिरोले मच्चाएको वितण्डा र स्थानीय र भुगोलविदसँग गरिएको कुराकानी ।




क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस