आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारमेलम्ची सुरुङ फुटेर पानी फर्कदा बगाएर दुई बेपत्ता, दुई घाइते

मेलम्ची सुरुङ फुटेर पानी फर्कदा बगाएर दुई बेपत्ता, दुई घाइते


सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ । सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको हेलम्बु गाउँपालिका अधयक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ नै फर्कदा दुई जना घाइते भएका छन् । दुई जना घाइतेलाई उद्धार गरि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजना हेलम्बु गाउँपालिकामा पर्छ । विस्तृत विवरण आउन बाँकी


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!