शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारबाह्रबिसे र बुल्कोटेका पहिरो पिडितलाई बोधिसत्व विहारको सहयोग

बाह्रबिसे र बुल्कोटेका पहिरो पिडितलाई बोधिसत्व विहारको सहयोग


हालै सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिकाको वस्तीहरु अत्यधिक भारी बर्षाको कारण आएको बाढीरपहिरोबाट कटानबाट अकल्पनीय रुपमा मानवीय र भौतिक क्षति भै समाजमा त्रास र चिन्ताको वातावरण व्याप्त रहेकोछ, यहीसंगै उक्त बाढीपिडितहरु खुला आकाश मुनि बस्नु परेको बिडम्बना छ भने अर्को तिर कोभिड–१९कोे सम्भावित महामारी फैलिन नदिन तत्काल सहयोगको लागि बोधिसत्व विहार तथा ताइवानी बौद्ध धर्मगुरु श्रद्धेय हेइग्वाङ शीज्यूबाट आपतकालिन राहत वितरण स्वरुप पूर्णरुपमा घर क्षति भएको जम्बु, खाग्दल र बुल्कुटेका ४० घर परिवारको लागि प्रति परिवार भान्सा सामाग्री (डेक्ची–१ थान, कराई–१ थान, डाडु–१ थान, पन्यु–१ थान, चक्कु–१ थान, थाल–५ थान, कचौरा –५ थान, ग्लास –५ थान, चम्चा –५ थान) र लत्ता कपडा (समर सफ्ट व्लङ्केट–२ थान, ४X६ को बाक्लो मेट्रेस, टिसर्ट–५ थान, ट्रउजर –५ थान, चप्पल –५ थान) रहेको थियो । त्यसै गरी ३०० घर परिवारको लागि खाद्य सामाग्री जसमा प्रति परिवार चामल–१ बोरा, कालो दाल–१ किलो, पहेलो दाल – २ किलो, पहेलो दाल – २ किलो, मिश्रित गेडागुडी – ५ किलो, मसला –४०० ग्राम, हल्दी १०० ग्राम, नुन २ प्याकेट, तेल – २ लिटर रहेको थियो ।

यस बिषम परिस्थितिमा आपतकालिन राहत को निमित्त उक्त ठूलो राशीको सहयोग गर्नु भएकोमा ताइवानी बौद्ध धर्मगुरु श्रद्धेय हेइग्वाङ शी तथा बोधिसत्व विहारका सम्पूर्ण परिवारमा हार्दिक धन्यबाद ज्ञापन गर्दै साथै सो कार्यको लागि स्वयम् सेवकको रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक नमन ! उक्त विपत्तिमा परि ज्यान गुमाउने प्रति भावपूर्ण श्रदान्जली तथा शोकाकुल परिवारजनामा गहिरो समवेदना व्यक्त गर्दै उक्त घटनामा परी घाइते हुनु हुन् सम्पूर्ण महानुभावहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

हाम्रो सुचनाको समन्वयमा महत्वपूर्ण सहयोगको लागि विशेष भूमिका निवार्ह गर्नु हुने आदरणीय श्री शान्त शर्मा र श्री निश्चल क्षेत्रीज्यूलाई हार्दिक अभार प्रकट गर्दै सहयोगी सँस्थाका सम्पूर्ण परिवार तथा सहयोगी महानुभावहरुमा सुस्वाथ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामनाका साथ यस किसिमका प्राकृतिक प्रकोप तथा कोरोना भाइरस यथासिघ्र उन्मुलन भै विश्वमा शान्ति फैलियोस् भनी त्रिरत्नप्रति प्रणिधान गर्दछौं ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!