आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाचारभोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई काँग्रेसले वितरण गर्यो नगदसहितको राहत

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई काँग्रेसले वितरण गर्यो नगदसहितको राहत


बाह्रबिसें । बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको स्थानीय काँग्रेस नेता युधिर पौडेललले जानकारी दिए । बाढीपिडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । साथै काँग्रेसले बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले आइतबार बाह्रबिसे ५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार ७ हजारको दरले नगद वितरण गरेका थिए, भने बाढीबाट पीडित २७ परिवारलाई दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए । उनीहरुले प्रती घर परिवार ७ हजार नगद सहित अतिआवश्यक खाद्यान्न वितरण गरेका हुन् । बाढीबाट पीडित बनेका उनीहरुले स्थानीय सरकारबाट भने अहिलेसम्म राहत पाएका छैनन। आइतबार राहत लिएर घटनास्थल पुगेका बस्नेतले मृतक परिवारलाई सान्त्वना दिदै नआतिन र बाढीपीडितहरुको गाँसबास र कपासको लागि आफूले सरकारसँग आग्रह गर्ने बताए । उनले भने, म सधैं तपाई (पीडित) हरुको साथमा छु, तपाईंहरुको बसोबासको लागि सरकारसँग आग्रह गरेको छु यदि सरकारले गरेन भने तपाईंहरु पीडितको व्यवस्थापन म आफै गर्नेछु ।

पीडितहरु अहिले आफन्तको आश्रयमा बसेका छन् । बाढीपीडित सुनिता लामाले कोरोनाको महामारी भएका कारण पनि आफन्तकोमा बस्न समस्या भएको गुनासो गरिन् । उनले भनिन्, हामीलाई छिटो भन्दा छिटो बसोबासको व्यवस्था स्थानीय सरकारले गरोस् । अहिलेसम्म स्थानीय सरकार आफूहरुको अवस्था बुझ्न नआएको उनले बताइन् । नगरपालिका भने मृतक परिवारलाई किरिया खर्चको लागि १ लाख दिने घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिले पनि प्रति परिवार १० हजार बितरण गरेको छ । त्यस्तै वागमती प्रदेश सरकारले पनि मृतक परिवारलाई १ लाख दिने निर्णय गरेको छ । भोटेकोशीको बुल्कोटे खोलामा आएको बाढी बाह्रबिसेको जम्बुमा यानकी खोलामा आएको बाढीमा परि २० जना अझै बेपत्ता छन् भने तीनजनाको शव भेटिएको छ । धेरैले आफ्नो घर गुमाएक छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!