गृहपृष्ठ ∕ समाचार ∕ भोटेकोशीका बाढी पीडित चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइदैं भोटेकोशीका बाढी पीडित चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइदैं सिन्धु खबर असार २९, २०७७ गते १३:०४ मा प्रकाशित बाह्रबिसे । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले एक गर्भवती महिला र गत बिहिवारको बाढीमा परेका सहित ४ जनालाइ उपचारको लागि काठमाडौं पठाउन लागेको छ । गाउँपालिकाले गर्भवती महिलालाइ सडक मार्गबाट उपचारमा लैजान नसक्ने भएपछि हेलिकप्टर बाट लैजान लागेको भोटेकोसी गाउँपालिकका अध्यक्ष राजकुमार पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार गत बिहिवार बाढीमा हराएका एक जनालाई २४ घन्टा पछि भेटियो उनलाइ उपचारको लागि काठमाडौं पठाउन लागिएको बताए । त्यस्तै एक दिर्घ रोगी र अर्का बाढी पीडितलाई उपचारको लागि काठमाडौं पठाउन लागिएको हो । अहिले भोटेकोसी गाउँपालिकाका करिब २ सय जना बाढीबाट प्रभावित बनेका छन् । उनीहरुलाइ सुख्खा बन्दरगाह अर्थात तातोपानी भन्सार कार्यालयको यार्डमा राखिएको छ । अहिले काठमाडौंबाट राहत सामाग्री सहित बिरामी लैजान गाउँपालिकाले ४ वटा हेलिकप्टर मगाएका छ । यस भेगका धेरै स्थानीय बाढीबाट प्रभावित बनेका छन उनीहरुको लागि अहिले गाउँपालिकाले बसोबास र खानाको व्यवस्थापन गरिरहेको भोटेकोशी गाउपलिकाका कार्यकारी अधिकृत मोहन निरौलाले जानकारी दिए। क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे