पाँचपोखरीका थप एक पुरुषमा कोरोना, संक्रमितको संख्या ६२ पुग्यो

चौतारा । सिन्धुपाल्चोकमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनमा आइतबार साँझ कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तिपेनी क्वारेन्टाइनमा रहेका उनलाई मेलम्ची आइसोलेसनमा ल्याएर उपचार थालिएको छ ।
यो सँगैं जिल्लामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । जसमध्य २६ जना निको भएर घर फर्केका छन् भने दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस