गृहपृष्ठ ∕ समाचार ∕ इन्द्रावतीले बगाउँदा तीन बेपत्ता इन्द्रावतीले बगाउँदा तीन बेपत्ता सिन्धु खबर असार २८, २०७७ गते १०:०६ मा प्रकाशित चौतारा । काभ्रेपलाञ्चोकका तीन जना इन्द्रावती नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार र शनिबार गरी तीनजना बेपता भएका हुन् । काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का १३ वर्षीया बालक अभिशेक नेपाली शुक्रबार इन्द्रावती नदीमा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर प्रयोग गरिएपनि अझै फेला परेका छैनन् । अभिशेक साथीहरुसँग पौडी खेल्न शुक्रवार इन्द्रावती नदीमा गएका थिए । शनिबार अन्य दुईलाई पनि नदीले बगाएको छ । सम्फु माझी र चन्द्रबहादुर तामाङलाइ इन्द्रावती खोलाले बगाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ११ का वडा अध्यक्ष सुशील माझिका अनुसार उनिहरुमध्ये तामाङ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी( ११ मा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए भने माझी खेतीपातीको लागि आउने गर्थे । तामाङ काभ्रे घरमा गएर सिन्धुपाल्चोक आउने क्रममा शनिबार साँझ बेपत्ता भएका हुन् । उनको झोला करिब १ किलोमिटर तल फेला परेको छ । तीनैजनाको अहिलेसम्म अतोपतो छैन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ मेलम्चीको पानी वितरणका लागि यस्तो योजना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै