आईतबार, फागुन २०, २०८०
गृहपृष्ठसमाचारअझै भेटिएनन् इन्द्रावतीले बगाएका बालक

अझै भेटिएनन् इन्द्रावतीले बगाएका बालक


मेलम्ची ।

पौडी खेल्ने क्रममा इन्द्रावती खोलाले बगाएका एक बालक अझै बेपत्ता छन् । हिजो (शुक्रबार) आफ्ना तीन साथीसँग पौडी खेलिरहेका बेला बेपत्ता भएका काभ्रे चण्डेनीमन्डन १० का १३ वर्षिय बालक अभिषेक नेपाली अझै हराइरहेका हुन् ।
सँगै आएका साथी घर फर्केपछि अभिषेक नआएकाले आज बाट स्थानीयवासी, प्रहरीको सहयोगमा उनको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत उनको खोजीका लागि सिन्धुपाल्चोक र काभ्रे प्रहरी सक्रिय थियो ।
खोजी गर्दा भेटाउन नसकिएको र सीमा प्रहरी विट दोलालघाटको साथमा अहिले खोजी कार्य जारी रहेको स्थानीय तेजमल्ल ठकुरीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!