शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारजमिन भास्सिन थालेपछि लिस्तीको ७० घर जोखिममा, १० घर कटान, स्थानीयवासी बारीमा अलपत्र

जमिन भास्सिन थालेपछि लिस्तीको ७० घर जोखिममा, १० घर कटान, स्थानीयवासी बारीमा अलपत्र


लिस्ती ।
भोटेकोशी गाउँपालिका–१ लिस्ती स्थित पाउगुम्बा बस्ती भासिन थालेपछि स्थानीयले घर छाडेका छन् । यहाँका घरहरु जोखिममा परेपछि स्थानीयवासी बारीमा अलपत्र परेका छन् ।
लिस्तीमाई मन्दिर छेउका ७० घर जोखिममा छन् भने १० घरलाई पहिरोले कटान सुरु गरिसकेको छ । स्थानीय पेम्बो लामाले बस्ती माथि जमिन चिरा चिरा परेको जानकारी दिए । उनका अनुसार बस्न नसक्ने गरि पहिरोले १० घर कटान गरेको छ । यो टोलमा साढे तीन सयको बसोबास छ ।
जताततै भासिन थालेपछि आफूहरु घर छाडेर सुरक्षितस्थानको खोजीका लागेको स्थानीय दावा लामाले बताए । घर छाड्नेहरुमा दावा लामा, वुद्ध लामा, टुल्कु लामा, तेम्बो लाामा, सिंगे कान्छा लामा, दोर्जे लाक्पा लामा, तिल्के लामालगायतका छन् । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष तथा स्थानीय अगुवा अर्जुन सापकोटाका अनुसार कम्तिमा ९ घरका वासिन्दा विस्थापित भएका छन् । जताततै भासिन थालेपछि एउटा बस्तीबाट अर्को बस्तीमा जान कठिन भएको सापकोटाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!