गृहपृष्ठ ∕ समाचार ∕ लार्चामा मानवीय क्षति भएको स्थानीयको भनाईः सुरक्षाकर्मी जान सकेनन् लार्चामा मानवीय क्षति भएको स्थानीयको भनाईः सुरक्षाकर्मी जान सकेनन् Sindhu Khabar असार २६, २०७७ गते ११:०५ मा प्रकाशित तातोपानी । लार्चा पहिरोले मानवीय क्षति भएका अनुमान गरेपनि सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् । भोटेकोशी गाउँपालिका–३ लार्चाको पश्चिम डाँडाको भिरालो जमिनमा पहिरो गएर कम्तिमा २ जना पुरिएको स्थानीयको भनाई छ । सोही गापा–४ का वडाअध्यक्ष साङ्दोर्जे शेर्पाका अनुसार सुरक्षाकर्मीसमेत उक्त स्थानमा जान सकेका छैनन् । उनका अनुसार आज विहानै देखि त्यहाँका स्थानीय पहिरो आएको भन्दै भागाभाग गरेका थिए । शेर्पाका अनुसार लार्चा खोलामा आएको बाढीले कम्तिमा ७ घर बगाइसकेको छ । त्यहाँका वासिन्दालाई तातोपानी भन्सारको सुख्खाबन्दर्गाहमा राखिएको छ । ‘बाढी आउने र घर बगाउने क्रम रोकिएको छैन,’ वडाअध्यक्ष शेर्पाले भने । लार्चा र आसपासमा जताततै पहिरो आइरहेकाले सुरक्षाकर्मीलाईसमेत हिडडूल गर्न कठिन भएको छ । बाढी लार्चास्थित भैरवकुण्ड जलविद्युत आयोजनातिर जान लागेको उनले जानकारी दिए । भैरवकुण्ड नै लार्चा खोलाको मुहान हो । उक्त खोला लेकाली भेगबाट बगेको छ । भूकम्पबाट क्षतविक्षत भएको उक्त क्षेत्रबाट बढीमात्रामा माटो र ढुंगा वग्ने गरेको छ । त्यसैको कारण खोला थुनिने र वग्ने हु“दै जा“दा बाढीको रुपमा लिएको अनुमान स्थानीयको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका