Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाचारजम्बु बाढी : हेलिकोप्टरबाट एक घाइतेको उद्धार

जम्बु बाढी : हेलिकोप्टरबाट एक घाइतेको उद्धार


बाह्रबिसे ।

मध्यरातमा अरनिको राजमार्गको जम्बुमा आएको बाढीले घाइते बनाएका एकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेकपा केन्द्रीय सदस्य माधव सापकोटा र नेपाली कांग्रेसका नेता विष्णु खत्रीको टोलीले घाइतेलाई उपचारका लागि काठमाण्डौं लगेका हुन् ।
घटनास्थल जाने बाटो पहिराले अवरुद्धछ । नेपाली सेना र प्रहरी उद्धारमा खटिएको छ । बाह्रबिसे बजारबाट करिव ३ किमि तातोपानीतर्फको जम्बुबस्तीको करिव आधा भाग बगाएको छ । दुई जनाको शव फेला परेको छ भने कम्तिमा १८ जना वेपत्ता छन् । घटनास्थलमा २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको शव फेला परेको छ । निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् । मध्यभोटेकोसी विद्युत आयोजानको पावरहाउस निर्माणको क्रममा सामान स्टोरका लागि वनाएइका संरचनालाई पहिराले पुरेको छ । स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारता भागाभाग भएको थियो । राती १२ बजे आएको बाढीले कम्तिमा १५ घर बगाएको छ । मुख्यतः ठाठो खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी कारण आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस