बन्जीजम्प नजिकै ४ जना बेपत्ता, जम्बु बाढीग्रस्त क्षेत्रमा उद्धार जारी

बाह्रबिसे । मध्यरातमा आएको बाढीले अरनिको राजमार्गको जम्बु भन्ने स्थानमा भएको मानविय क्षति अझैं यकिन हुनसकेको छैन । घटनास्थल जाने बाटो पहिराले अवरुद्ध भएकाले सुरक्षाकर्मी पनि ढिलो पुगेका छन् । नेपाली सेना र प्रहरी उद्धारमा खटिएको छ । बाह्रबिसे बजारबाट करिव ३ किमि तातोपानीतर्फको जम्बुबस्तीको करिव आधा भाग बगाएको छ । दुई जानको शव फेला परेको छ भने कम्तिमा ९ जना वेपत्ता भएको अनुमान छ । घटनास्थलमा २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको शव फेला परेको छ । निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् । मध्यभोटेकोसी विद्युत आयोजानको पावरहाउस निर्माणको क्रममा सामान स्टोरका लागि वनाएइका संरचनालाई पहिराले पुरेको छ । मानवीय र भौतिक क्षतिको यकिन हुन सकेको छैन । स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारता भागाभाग भएको थियो । राती १२ बजे आएको बाढीले कम्तिमा १५ घर बगाएको छ । मुख्यतः ठाठो खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी कारण आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ ।
बन्जीजम्प नजिकैको बुलकोटे खोलाले चार बगायो
यसैबीच भोटेकोशी गाउंपालिकाको नयांपुल नजिकैको झ्याले भन्ने स्थानको ठाडो खोलामा बाढी एकै परिवारका ४ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको छन् । नयांपुल र झ्याले भन्ने स्थानको बीचमा रहेको बुलकोटेखोलको सानोपुल ९घट्ट थाप्ने ठाउं० पनि बगाएको छ । राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडक जताततै बगाएको छ । भोटेकोसी गाप ५ मा पर्ने उक्त स्थान बन्जीजम्प भन्दा करिव आधा किमि तातोपानीतर्फ रहेको छ । घर बगाएको स्थानबाट भोटेकोसी नदी करिव सय मिटर मात्र तल रहेको छ । वडाअध्यक्ष सुब्बा तामाङका अनुसार वेपत्ताको खोजी भइरहेको छ । बगाएर भोटेकोशीमा पुर्याएको भए शव फेला पार्न कठिन हुने उनले बताए । राजमार्गको डाकलाङ स्थित कजवे पनि बगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस