Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठसमाचारजम्बुमा १४ घर बगायो ११ जना बेपता

जम्बुमा १४ घर बगायो ११ जना बेपता


बाह्रबिसे । भोटेकोशीमा आएको बाढीले खोला आसपासका मानिसको जनजीवन प्रभावित भएको छ । बाह्रबिसे नगरपालिका जम्बुमा एल्मो ठाडो खोलामा आएको बाढीले केही घर बगाएको र केही मानसि बेपता भएका छन् । स्थानीयवासीहरुका अनुसार १४ घर खोलाले बगाएको छ भने ११ जना बेपता भएका छन् । तर यसलाई प्रशासनले भने पुष्टि गरेको छैन् ।

जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँ माथिको भौतिक सम्पर्क टुटेको छ । जम्बुलगायत तातोपानी क्षेत्र जानका लागि मानेश्वाराको बाटो हुँदै जानुपर्ने हुन्छ । यताबाट जान नसकिने हुँदा उता के भएको छ भन्ने एकिन विवरण प्राप्त भएको छैन् । खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ । यसैबीच प्रहरीका अनुसार ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् ।यसबारे थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस