बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिपार्टी विभाजनतर्फ नलाग्न नेकपा भातृसंगठनको खबरदारी

पार्टी विभाजनतर्फ नलाग्न नेकपा भातृसंगठनको खबरदारी


चौतारा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का जिल्ला तहका भातृसंगठनहरुले पार्टी एकतालाई कायम राख्न खबरदारी स्वरुप ज्ञापनपत्र बुझाएका छन् । नेकपा सिन्धुपाल्चोकका विभिन्न भातृ संगठनहरुले जिल्ला अध्यक्ष झम्क नेपाल, पूर्व सांसद सुवास कर्माचार्य, नेकपा नेता सोम सापकोटालगायतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्रिय युवासंघ नेपाल, प्रेस संगठन नेपाल, अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला नेतृत्वलाई सदरमुकाम चौतारामा रहेको जिल्ला पार्टी कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएको हो । उनीहरुले जनताले नेकपालाई दुई तिहाई जनमत दिएर जनताको काम गर्न पठाएकोले झगडा नगर्न केन्द्रीय तहका नेताहरुलाई खबरदारी गरेका छन् ।

उनीहरुले कुनै पनि विषयमा पार्टी विभाजन हुने र पार्टीलाई हानी हुने कार्य नगर्नपनि नेतृत्वलाई भनेका छन् । पार्टीे विभाजनतर्फ नलाग्न खबरदारी गर्दै पार्टी विधान, विधि र मूल्यअनुरुप संस्थागत रुपमा चल्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!