बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारठूलोसिरुवारीका एक व्यक्तिमा कोरोना, संक्रमित संख्या ५० पुग्यो

ठूलोसिरुवारीका एक व्यक्तिमा कोरोना, संक्रमित संख्या ५० पुग्यो


चौतारा ।
भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका १४ का ५० वर्षिय व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनी भारतबाट गएको ८ गते आइपुगेपछि जिल्ला समन्वय समितिको क्वारेन्टिनमा बसेका थिए । यो ठाउँ खाली गर्नुपर्ने भएपछि मेलचौर पछि साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार उनलाई चौतारा अस्पतालमा रहेको आइसोलेसन कक्षमा पठाइँदैछ ।
यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!