Techie IT
Tuesday, August 4,2020 / मंगलबार, साउन २०, २०७७
×
गृहपृष्ठसमाचारसुनकोशीको बजेट ४० करोड ४४ लाखः बालबालिकालाई प्रोत्साहन भत्ता, कोरोना नियन्त्रणका लागि ५० लाख

सुनकोशीको बजेट ४० करोड ४४ लाखः बालबालिकालाई प्रोत्साहन भत्ता, कोरोना नियन्त्रणका लागि ५० लाख


चौतारा । सुनकोशी गाउँपालिकाले ४० करोडको बजेट ल्याएको छ । आज सुनकोशीले सुकुेटेमा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आउँदो आर्थिक वर्षका लागि ४० करोड ४४ लाख ३९ हजार ३६० रुपैयाँको बजेट ल्याएको हो ।

उपप्रमुख लक्ष्मी पौड्यालले ६ करोड १० लाख चालुतर्फ र पूँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको बताइन् । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बजेट सार्वजनिक कार्यक्रममा सुनकोशीले कोरोना नियन्त्रणका लागि ५० लाख विनियोजन गरेको छ । त्यस्तै गरी वडागत योजनाका लागि तीन करोड ७८ लाख छुट्टयाएको छ ।

सुनकोशीले विपद व्यवस्थापनमा ५० लाख, कृषिमा आधारित युवा स्वरोजगार कार्यक्रममा ४० लाख, महिला सीप विकास र लघु उद्यममा १० लाख छुट्टयाएको छ । सुनकोशीले यो वर्षदेखि घर वहाल कर र घरजग्गा नक्सा पासमा लगाएको कर निशुल्क गरेको छ । कुषिलाई उत्पादनमुखी बनाउन अनुदान, कृषि बिमा, गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम, रासायनिक मल उन्नत विउ विजनको व्यवस्था जस्ता कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ ।

बालशिक्षालाई प्रोत्साहन गर्न बालबालिकालाई भत्ताको व्यवस्था गरेको छ । सुनकोशीले प्रशासकीय अधिकृत नभएको भन्दै असार १० गते नै नीति तथा कार्यक्रम ल्याएको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस