बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारमेलम्चीले सुरुङमा पानी पठाएको जनप्रतिनिधिलाई नै थाहा छैन्

मेलम्चीले सुरुङमा पानी पठाएको जनप्रतिनिधिलाई नै थाहा छैन्


चौतारा । मेलम्ची खानेपानी आयोजनाले आफूहरुलाई कुनै समन्वय नै नगरी पानी सुरुङमा हालेपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु आक्रोशित भएका छन् । मेलम्चीको पानी पठाउने कुरा सामान्य नभएको र त्यसबारे कुनै जानकारी जनप्रतिनिधिहरुलाई नदिएको भन्दै जनप्रतिनिधिहरु रुष्ट भएका हुन् । उनीहरुले आज मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा बसी छलफल गर्र्ने भएका छन् ।

हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष, मेलम्ची नगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुख र ह्योल्मो समितिसहित सरोकारवालाहरुले आज छलफल गर्ने भएको शुन् । उनीहरुले छलफल गरी थप विरोध कार्यक्रमका लागि एउटा समिति बनाउने भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख तामाङले पानी पठाउने कुरामा आफ्नो कुनै आपति नभएको तर यति महत्वपूर्ण काममा जनप्रतिनिधिहरुलाई कुनै खबर नहुनुले आफू आश्चर्यमा परेको बताए ।

हिजो सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसहितको सरकारी कर्मचारीहरुको टोलीले मेलम्चीको पानी सुरुङमा पठाउने काम गरेका थिए भने त्यसको जानकारी मेलम्ची खानेपानी आयोजनाले काठमाडौंबाट पत्रकार सम्मेलन गरी दिएको थियो ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले उक्त कुराको जानकारी दिँदै ठूलो उपलब्धि भएको पत्रकार सम्मेलनमा भनेकी थिइन् । यसबारे सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई कुनैपनि जानकारी थिएन् । हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजना र गाउँपालिकाको कार्यालय तीन किलोमिटर मात्रैको दूरीमा छ । हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले पनि सुरुङमा पानी हाल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘केही पत्रकारले यसबारे मलाई सोध्दा पो मैले थाहा पाएँ, मैले थापा पाउँदा पानी सुरुङमा हाल्ने काम सकिसकेको रहेछ ।’

मेलम्ची खानेपानीको काम अझै सकिएको छैन् । यसरी गुपचुप रुपमा पानी सुरुङमा पठाउन हतारो गर्नुलाई जनप्रतिनिधिहरुले नेकपामा देखिएको किचलो मुख्य जिम्मेवार रहेको बताएका छन् । केही सञ्चारमाध्यममा मन्त्री मगर लगायत नेकपा नेता प्रचण्ड र माधव कुमार नेपाल निकट मन्त्रीहरु हटाउने कुरा चलेपछि मन्त्री मगरले रातारात यो कार्यक्रम तय गरेको देखिएको छ । एक जनप्रतिनिधिले भने, ‘मन्त्रीले जस लिने बहानामा यो गुपचुप गरिएको हो । नत्र सुरुङको निर्माण कार्य बाँकी हुँदाहुँदै किन हतार गरियो ?’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!