गृहपृष्ठ ∕ समाचार ∕ कक्षा ११ को परीक्षा पनि नलिने कक्षा ११ को परीक्षा पनि नलिने सिन्धु खबर असार २२, २०७७ गते ११:१० मा प्रकाशित काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । कोरोना भाइरस र लकडाउनका कारण दुई महिनादेखि रोकिएको परीक्षा नहुने निर्णय भएको हो । कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो । अब आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । गत शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालयले नै आन्तरिक मूल्याङ्नबाट परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको आन्तरिम मूल्याङ्कन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा ९एसईई० पनि नगर्ने निर्णय भएको थियो । तर कक्षा १२ को परीक्षा के गर्ने भन्नेबारे भने निर्णय भएको छैन । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे