शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमेलम्चीको पानी काठमाडौं पठाइयो

मेलम्चीको पानी काठमाडौं पठाइयो


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङबाट परीक्षणका लागि काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्विच थिचेर पानी सुरुङमा पठाएका हुन् ।

 

ढकालका अनुसार सुरुङको परीक्षणका लागि आज पानी पठाइएको हो । उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने प्रजिअ ढकालले बताए । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ।

 

सररकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!